News Summary
Generated by OK AI. Editorially reviewed.- अबको एक महिनामा ६ कम्पनीका संस्थापक, प्रभावित स्थानीय र म्युचुअल फन्डले होल्ड गरेका सेयरको लकइन अवधि सकिँदैछ ।
- सोपान फर्मास्युटिकल्सको म्युचुअल फन्डका लागि बाँडफाँड भएको २ लाख १४ हजार ५ सय कित्ता सेयरको लकइन अवधि कात्तिक १६ गते सकिँदैछ ।
- चिरख्वा हाइड्रोपावरको ३० लाख २० हजार ७ सय कित्ता सेयरको लकइन अवधि कात्तिक १४ गते सकिँदैछ, र माथिल्लो मैलुङखोलाको ८४ लाख ९० हजार ८ सय कित्ता कात्तिक २ गतेदेखि सकिँदैछ ।
२६ असोज, काठमाडौं । अबको एक महिनामा ६ कम्पनीका सेयरमा लकइन अवधि सकिने भएको छ ।
संस्थापक, प्रभावित स्थानीय तथा म्युचुअल फन्डले होल्ड गरेका विभिन्न कम्पनीका सेयरमा लकइन अवधि सकिन लागेको हो । लकइन अवधि सकिएपछि ती सेयर कारोबारका लागि योग्य हुन्छन् । लकइन अवधि सकिन लागेका कम्पनीको सेयरबारे सार्वजनिक सूचनामार्फत जानकारी गराइएको छ ।
यसरी लकइन अवधि सकिन लागेका कम्पनी हुन् – माथिल्लो मैलुङखोला जलविद्युत कम्पनी, चिरख्वा हाइड्रोपावर कम्पनी र सोपान फर्मास्युटिकल्स । सोपान फर्मास्युटिकल्सको म्युचुअल फन्डका लागि बाँडफाँड भएको २ लाख १४ हजार ५ सय कित्ता सेयरमा कात्तिक १६ गते लकइन अवधि सकिँदैछ ।
त्यस्तै चिरख्वा हाइड्रोपावर कम्पनीको संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीको सेयरमा कात्तिक १४ गते लकइन अवधि सकिँदैछ । कम्पनीको कुल ३० लाख २० हजार ७ सय कित्ता सेयरमा लकइन अवधि सकिन लागेको हो ।
त्यस्तै माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीको संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानीयको गरी कुल ८४ हजार ९० हजार ८ सय कित्ता सेयरमा कात्तिक २ गतेदेखि लकइन अवधि सकिँदैछ ।
प्रतिक्रिया 4