News Summary
Generated by OK AI. Editorially reviewed.- करिब १ महिनाभित्र चार कम्पनीको संस्थापक, कर्मचारी र स्थानीयको सेयरमा लकइन अवधि सकिने भएको छ ।
- रावा इनर्जीको जेठ २९ गतेदेखि र नेपाल रिपब्लिक मिडियाको असार १० गतेपछि संस्थापक तथा कर्मचारीको सेयरको लकइन खुल्नेछ ।
- रिलायन्स स्पिनिङ मिल्सको असार १८ र अपर स्याङ्गे हाइड्रोपावरको असार २१ गतेदेखि सेयरको लकइन अवधि सकिने भएको छ ।
१९ जेठ, काठमाडौं । करिब १ महिनाको अवधिमा चार कम्पनीका सेयरमा लकइन अवधि सकिने भएको छ ।
संस्थापक, आयोजना प्रभावित, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि विभिन्न समयमा छुट्याइएको सेयरमा लकइन अवधि समाप्त हुने भएको हो । लकइन अवधि समाप्त भएपछि ती कम्पनीको सेयर बजारमा कारोबारमा आउने छन् । सार्वजनिक सूचनामार्फत यी कम्पनीको सेयरमा लकइन अवधि सकिनेबारे जानकारी दिइएको छ ।
रावा इनर्जीको संस्थापक, कर्मचारी, स्थानीयको गरी कुल २० लाख ६२ हजार ७१७ कित्ता सेयरमा जेठ २९ पछि लकइन खुल्नेछ ।
नेपाल रिपब्लिक मिडियाको संस्थापक समूहको ५३ लाख २२ हजार कित्ता तथा कर्मचारीको ८० हजार १५९ कित्ता सेयरमा असार १० पछि लकइन अवधि सकिने भएको छ ।
रिलायन्स स्पिनिङ मिल्सको सामूहिक लगानी कोषका लागि छुट्याइएको ५७ हजार ७९८ कित्ता सेयरमा असार १८ देखि लकइन अवधि सकिने भएको छ ।
त्यस्तै अपर स्याङ्गे हाइड्रोपावरको संस्थापक, आयोजना प्रभावित र कर्मचारीको गरी कुल १५ लाख ६३ हजार कित्ता सेयरमा असार २१ गते लकइन अवधि सकिने भएको छ ।
प्रतिक्रिया 4