News Summary
Generated by OK AI. Editorially reviewed.- धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले विमल गुरुङ कृति पुरस्कार र ३५औँ राष्ट्रिय कविता महोत्सवका लागि कृति तथा कविता आह्वान गरेको छ ।
- उत्कृष्ट ठहरिने कृतिका लागि दुई लाख रुपैयाँ र कविता विधाका विजेताहरूलाई पदक सहित नगद पुरस्कार प्रदान गरिने भएको छ ।
- इच्छुक लेखकले २०८२ सालभरि प्रकाशित कृति र कविता आगामी १५ असोज २०८३ भित्र पुस्तकालयमा बुझाइसक्नुपर्ने व्यवस्था गरिएको छ ।
१९ जेठ, सुनसरी । धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘विमल गुरुङ कृति पुरस्कार’ का लागि कृति आह्वान गरेको छ ।
पुस्तकालय संचालन समितिको मंगलबार बसेको बैठकले कृति पुरस्कारका लागि पुस्तक आव्हानसँगै ३ ५ औं राष्ट्रिय कविता महोत्सवका लागि कविता पनि आव्हान गरेको छ । पुस्तकालयका संरक्षक अध्यक्ष पूर्णवहादुर गुरुङकाअनुसार पुस्तकालयमा औपचारिक रुपमा दर्ता भएका कृतिहरूमध्ये निर्णायक मण्डलले श्रेष्ठ ठहराएका एक पुस्तकलाई विमल गुरुङ कृति पुरस्कार प्रदान गरिने छ ।
श्रेष्ठ ठहरिको कृतिका कृतिकारले नगद राशी २ लाख रुपैयासहित ताम्रपत्र र दोसल्लाले सम्मान गरिने अध्यक्ष गुरुङले बताए । यसैगरी कविता महोत्सवमा उत्कृष्ट ठहरिएका कविताहरूमध्ये प्रथमलाई स्वर्ण पदक सहित २१ हजार रुपैयाँ, दोश्रोलाई रजत पदकसहित १९ हजार रुपैयाँ र तेश्रोलाई कास्य पदकसहित १८ हजार रुपैयाँ प्रदान गरिने छ ।
कृति पुरस्कारकालागि पुस्तकालयमा २०८२ साल भरी प्रकाशित सवैखाले (आख्यान र गैरआख्यान) विद्याका लागि खुला गरिएको छ । नेपाल र अन्य मुलुकमा बस्ने लेखक, कवि साहित्यकारहरुले नेपाली भाषामा लेखिएको चारप्रति पुस्तक र कविता महोत्सवमालागि कविताहरु ०८३ साल असोज १५ गते भित्र धरान–१८ बुद्धचोकस्थित विमल गुरुङ स्मृति पुस्तकालयमा दर्ता गरिसक्नु पर्ने प्रावधान राखिएको अध्यक्ष गुरुङले बताए ।
कविता महोत्सवमा भाग लिनकाकालागि पुस्तकालयको आधिकारिक इमेल bimal1234gurung@gmail.com मा पठाउनु पर्ने पुस्तकालय संचालक समितिले जनाएको छ ।
संचालक समितिकाअनुसार विमल कृति पुरस्कार र कविता महोत्सवमा विजेता कविहरुलाई आगामी कातिक १९ गते आयोजना हुने कवि विमल गुरुङको ५५ औं जन्मजयन्ती तथा ३५ औं राष्ट्रिय कविता महोत्सवमा पुरस्कार प्रदान गरिने छ ।
प्रतिक्रिया 4