+
+
Shares

एक महिनाभित्र ६ कम्पनीका सेयरमा लकइन अवधि सकिँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते १३:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एक महिनाको अवधिमा ६ वटा कम्पनीको संस्थापक, स्थानीय र कर्मचारीलगायतका विभिन्न समूहको सेयर लकइन अवधि सकिँदै छ।
  • कुथेली बुखरी स्मल हाइड्रोपावरको १२ लाख ९ हजार १६९ कित्ता सेयरको लकइन अवधि बुधबारदेखि सकिएको छ।
  • रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता सेयर साउन ३० गते फुकुवा हुने भएको छ।

६ साउन, काठमाडौं । एक महिनाभित्र ६ कम्पनीका सेयरमा लकइन अवधि सकिने भएको छ । संस्थापक, सामूहिक लगानी कोष, कर्मचारी तथा प्रभावित स्थानीयको सेयरमा लकइन अवधि रहने गरेको छ ।

यस्तो सेयरमा लकइन अवधि सकिएपछि बजार मूल्यमै किनबेच गर्न बाटो खुल्छ । लकइन अवधि सकिनुभन्दा १ महिना अगाडि सार्वजनिक सूचना जारी गरेर जानकारी गराउनुपर्ने व्यवस्थाअनुरुप सेयर रजिस्टार कम्पनीले सूचना जारी गरेका हुन् ।

सेयर सर्वसाधारणमा बाँडफाँट भएको मितिले सामुहिक लगानी कोषका हकमा ६ महिना, स्थानीय तथा संस्थाकका हकमा ३ वर्षसम्म सेयरमा लकइन रहने गरेको छ ।

आज बुधबारदेखि कुथेली बुखरी स्मल हाइड्रोपावरको १२ लाख ९ हजार १६९ कित्ता सेयरमा लकइन अवधि सकिँदैछ । संस्थापक, स्थानीय र कर्मचारीको सेयरमा लकइन अवधि सकिन लागेको हो ।

सोलु हाइड्रोपावरले सामुहिक लगानी कोषलाई छुट्याएको ५ लाख कित्ता सेयरमा साउन ११ गते लकइन अवधि सकिँदैछ । त्यस्तै भुजुङ हाइड्रोपावरको सामुहिक लगानी कोषलाई बाँडिएको ५० हजार कित्ता सेयरमा लकइन अवधि साउन २६ गते सकिँदैछ ।

अपर लोहोरेखोलाको २८ लाख ४६ हजार ५२५ कित्ता सेयरमा साउन २८ गते लकइन अवधि सकिँदैछ । संस्थापक, स्थानीय तथा कर्मचारीलाई छुट्याइएको सेयरमा लकइन अवधि सकिन लागेको हो ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ७१ लाख ५७ हजार १२० कित्ता सेयरमा साउन ३० गते लकइन अवधि सकिने भएको छ । संस्थापक तथा कर्मचारीको सेयरमा लकइन अवधि सकिएसँगै सो कम्पनीको ठूलो मात्रामा सेयर संख्या फुकुवा हुने भएको छ ।

होटल फरेस्ट इनको सामुहिक लगानी कोषलाई छुट्याइएको २ लाख कित्ता सेयरमा भदौ ३ गते लकइन अवधि सकिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?