+
+
Shares

गौंथली : १२ दिनपछि पुग्दैछ प्रदर्शनको सय दिन पुग्दैछ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १४:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौंथली’ले आइतबार रातिसम्म २६ करोडभन्दा बढी कलेक्सन गरेको छ।
  • तीन महिनादेखि हलमा चलिरहेको ‘गौंथली’लाई दर्जन हाराहारी नेपाली फिल्मले पनि बक्स अफिसबाट हटाउन सकेका छैनन्।
  • अब १२ दिन पर्खिएमा ‘गौंथली’ले प्रदर्शनको सय दिन पूरा गर्नेछ।

‘नपत्याउने खोलोले बगाउँछ’ भनेझैँ औसत मानिएको फिल्म ‘गौंथली’ले विगत तीन महिनादेखि बक्स अफिस कब्जा गरिरहेको छ । त्यसबीचमा दर्जन हाराहारी नेपाली फिल्म प्रदर्शनमा आए, तर कसैले ‘गौंथली’को उडान रोक्न सकेन । हिजो आइतबार रातिसम्मको बक्स अफिस रिपोर्टले देखाउँछ, ‘गौंथली’ले २६ करोडभन्दा बढी कलेक्सन गर्दै अरू फिल्मको ओठतालु सुकाइदिएको छ ।

फिल्म अहिले पनि हलहरूमा लागिरहेकै छ। अब १२ दिन पर्खने हो भने यो फिल्मले प्रदर्शनको सय दिन पूरा गर्नेछ। यो आफैँमा नेपाली फिल्मका लागि गौरवमय क्षण हो ।

विगतमा सय दिन पूरा गर्ने फिल्महरू आफैँमा उत्सवको चरणमा प्रवेश गर्थे। अहिले ‘गौंथली’ले त्यही सफलता दोहोर्‍याउने छाँट देखाएको छ। यद्यपि, पछिल्लो समय यसको शो सङ्ख्या खुम्चिएको छ भने दर्शक पनि एकदमै पातलिएका छन्।

डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौंथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?