News Summary
Generated by OK AI. Editorially reviewed.- एक्स्ट्रिम इनर्जी ड्रिंकले नेपाली नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकता प्रवर्द्धन गर्न ‘एक्स्ट्रिम म्युजिक सिरिज’ शुरू गरेको छ ।
- अक्टोबर १० देखि औपचारिक रूपमा शुरू भएको सिरिजमा प्रत्येक दुई सातामा एउटा नयाँ मौलिक गीत युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ ।
- पहिलो सिजनमा याबेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन गरी ९ कलाकार सहभागी हुनेछन् ।
२६ असोज, काठमाडौं । नेपाली संगीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ ।
अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक संगीत र नवीन दृष्य प्रस्तुतिमार्फत दर्शक तथा स्रोतामाझ फरक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
एक्स्ट्रिम इनर्जी ड्रिंकको अवधारणामा आधारित यस सिरिजको व्यवस्थापन आर्बिट्ररी रेकर्डस् र निर्माण एनएफटीपी (नर्थ फ्रम दिस प्लानेट) ले गरिरहेका छन् ।सिरिजअन्तर्गत प्रत्येक दुई सातामा एउटा नयाँ मौलिक गीत सार्वजनिक गरिनेछ । गीत तथा संगीत भिडियोहरू एक्स्ट्रिम म्युजिक सिरिज युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिनेछ ।
पहिलो सिजनमा याबेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन गरी ९ जना कलाकार सहभागी हुनेछन् । प्रत्येक कलाकारले आफ्नो छुट्टै संगीत शैली र सिर्जनात्मक पहिचानमार्फत सिरिजलाई अझ रोमाञ्चक बनाउनेछन् ।
परम्परागत शैलीभन्दा फरक रहेर नयाँ संगीत प्रयोग, सिर्जनात्मक सहकार्य र स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले यो पहल गरिएको हो । एक्स्ट्रिम इनर्जी ड्रिंकले यस सिरिजमार्फत नेपाली संगीत क्षेत्रका प्रतिभालाई उजागर गर्दै स्थानीय संगीत संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4