+
+
Shares

भूविपद् सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोगमा ऊर्जामन्त्रीको जाेड

मन्त्री श्रेष्ठले हालै लङटाङ लिरुङमा हिमपहिरो तथा बुढीगण्डकी क्षेत्रमा पहिरोका कारण भएका ठूला विपद्, जनधनको क्षति र निर्माणाधीन जलविद्युत् आयोजनामा पुगेको असरबारे ध्यानाकर्षण गराए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ११ गते १४:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बैंककमा आयोजित सम्मेलनमा हिमाली विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्यांक आदानप्रदान र क्षेत्रीय सहकार्यमा जोड दिए ।
  • उनले लङटाङ लिरुङको हिमपहिरो र बुढीगण्डकीको पहिरोबाट करिब २ अर्ब ७० करोड अमेरिकी डलर क्षति भएको र ४ अर्ब ८० करोड डलर पुनर्निर्माण आवश्यक पर्ने बताए ।
  • श्रेष्ठले २०२६ देखि २०३० सम्म उपग्रह तथ्यांक साझेदारी, पूर्वसूचना प्रणाली र प्राविधिक सहयोग सुदृढ गर्न आग्रह गर्दै २०४५ सम्म शून्य कार्बन लक्ष्य दोहोर्‍याए ।

११ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले सिर्जित जटिल विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्यांक आदानप्रदान र क्षेत्रीय सहकार्यमा जोड दिएका छन् ।

संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोगद्वारा थाइल्यान्ड बैंककमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोग सम्बन्धी पाँचौं मन्त्रीस्तरीय सम्मेलन उद्घाटन सत्रमा बुधबार बिहान मन्तव्य राख्दै मन्त्री श्रेष्ठले  जलवायु तथा भूविपद् सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोगमा जोड दिए ।

सम्बोधन क्रममा मन्त्री श्रेष्ठले हालै लङटाङ लिरुङमा हिमपहिरो तथा बुढीगण्डकी क्षेत्रमा पहिरोका कारण भएका ठूला विपद्, जनधनको क्षति र निर्माणाधीन जलविद्युत् आयोजनामा पुगेको असरबारे ध्यानाकर्षण गराए ।

द्रुत क्षति तथा आवश्यकता आकलन अनुसार विपद् प्रभाव करिब २ अर्ब ७० करोड अमेरिकी डलर बराबर रहेको र पुनर्निर्माणका लागि करिब ४ अर्ब ८० करोड डलर आवश्यक पर्ने उनले बताए ।

मन्त्री श्रेष्ठले बैंकक मन्त्रिस्तरीय घोषणापत्रको मस्यौदाको स्वागत गर्दै सन् २०२६ देखि २०३० सम्म तेस्रो चरणमा उपग्रहबाट प्राप्त तथ्यांक साझेदारी, पूर्वसूचना प्रणाली र प्राविधिक सहयोग सुदृढ बनाउन अपिल गरे ।

साथै, हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य (०.०१ प्रतिशत) रहे पनि सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने र स्वच्छ ऊर्जा प्रणाली रक्षा गर्ने नेपालको प्रतिबद्धता दोहोर्‍याए ।

सम्मेलनमा बिहीबार २९ अक्टोबरमा नेपाल र संयुक्त राष्ट्रसङ्घीय ईएससीएपीको संयुक्त आयोजनामा ‘सगरमाथादेखि सागरसम्म : भोटेकोशी–त्रिशूली विपद्का पाठहरू’ विषयक क्षेत्रीय संवाद समेत सञ्चालन हुन गइरहेको पनि जानकारी गराउँदै सहभागी हुन अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?