बागलुङ नगरपालिका भित्रका समस्याग्रस्त सामुदायिक कुकुरलाई होस्टेलमा खानपानसहित नगरपालिकाले राख्दै आएको छ । अहिले कुकुर होस्टेलमा ३० वटा सामुदायिक कुकुर रहेका छन् । तस्वीर : खेमराज गौतम, रासस
२२ कात्तिक, काठमाडौं । यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाएको छ ।
आज देशभर हिन्दू धर्मावलम्बीहरूले कुकुरको पूजा गरेका छन् ।
यो दिनमा प्राचिन कालदेखि नै मानवजातीसँग प्रगाढ र बलियो सम्बन्ध भएको जीवको रुपमा मानिने कुकुरको पूजाआजा गरिन्छ । हिन्दू धर्ममा कुकुरलाई आज्ञापालक र बफादार मानेर विशेष स्थान दिइएको छ ।
हिन्दू धर्मशास्त्रमा कुकुरलाई सुरक्षाकर्मीको साथै यमराजको दूतका रुपमा वर्णन गरिएको छ । मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको धर्मशास्त्रमा उल्लेख छ । यस्तै कुकुरलाई भगवान भैरवको बाहनको रुपमा पनि चिनिन्छ ।
मानव सभ्यताको सुरुवात देखिनै कुकुरले हरेक समयमा मानवहरुलाई सहयोग गरेको पाइन्छ । कुकुरले घरको रेखदेख गरेर चोर डाँकाबाट बँचाउने गर्छ । कुकुरको निन्द्रा पातलो हुने भएकाले यो हरक्षण चनाखो हुन्छ र यो थोरै खाएर पनि सन्तुष्ट हुने प्राणिका रुपमा चिनिन्छ ।
कुकुर तिहारका अवसरमा दाङको घोराही उपमहानगरपालिका–१५ स्थित भानुचोकमा आइतबार घरमा पालिएको कुकुरको पूजा गर्दै स्थानीयवासी । तस्वीर : कुलदीप न्यौपाने/रासस
कुकुर तिहारको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सबिना काफ्लेले आज काठमाडौंको नारायणचौरमा आयोजना गरिएको कार्यक्रममा सशस्त्र प्रहरीको केनाइन तालिम प्राप्त कुकुर सम्बालाई सम्मान गर्दै । तस्वीर : किरणराज विष्ट/रासससङ्खुवासभाको सदरमुकाम खादबारीमा कुकुर तिहारको दिन कुकुरलाई बिस्कुट खुवाउँदै बालबालिका । तस्वीर : भविन कार्की /रासस
तिहार पर्व अन्तर्गत आज कुकुर तिहारको दिन काठमाडौं तारकेश्वर नगरपालिका–१० मनमैजुमा कुकुर पूजा गरि कुकुर तिहार मनाउँदै सर्वसाधारण । तस्वीर : हरिराम भेटुवाल/रासस
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
प्रतिक्रिया 4