+
+
Shares

डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौंमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते १७:१३

२२ कात्तिक, काठमाडौं । काठमाडौंमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार थाइल्यान्डबाट नेपाल आएका यात्रुको आपराधिक गतिविधि पहिचान तथा निगरानी गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

शनिबार थाई एयरवेजको उडान नम्बर टीजी ३१९ मार्फत थाइल्यान्डबाट काठमाडौं आएका ३० वर्षीय भारतीय नागरिक जयेश साहेब्रोलाई लागुऔषध गाँजासहित पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

पक्राउ परेका उनको साथबाट १ किलो ६०० ग्राम गाँजा, एक थान पासपोर्ट र एक थान मोबाइल बरामद गरिएको छ ।

पक्राउ परेका भारतीय नागरिकमाथि लागुऔषध नियन्त्रण ब्युरोबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?