
फाइल तस्वीर
४ भदौ, काठमाडौं । महन्थ ठाकुर पक्षले पार्टीको नाम परिवर्तन गरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राखेको छ ।
यसअघि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
तर निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनेको फैसला अनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएपछि ठाकुर पक्षले नयाँ नाम जुराएको हो ।
लोसपाको केन्द्रीय कार्यकारिणी समितिमा एकजना अध्यक्ष र दुईजना वरिष्ठ नेतासहित ३१ जना कार्यकारिणी सदस्य छन् । पार्टीको अध्यक्षमा महन्थ ठाकुर छन् भने दुई वरिष्ठ उपाध्यक्षमा राजेन्द्र महतो र शरतसिंह भण्डारी छन् ।
हेर्नुहोस् सूची :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4