+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

संविधान संशोधनको लागि अगुवाइ गर्न एमालेलाई लोसपाको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २७ गते १४:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव सुरेन्द्र झाले संविधान संशोधनका लागि एमालेलाई अगुवाइ गर्न आग्रह गरेका छन्।
  • उनले संविधान २०७२ सालमा जारी भए पनि मृत अवस्थामा पुगेको र संशोधन अनिवार्य भएको बताए।
  • सुरेन्द्र झाले विद्रोहमा सहभागी वास्तविक जेनजीका माग सम्बोधन गर्न जननिर्वाचित सरकार आवश्यक रहेको उल्लेख गरेका छन्।

२७ मंसिर, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महासचिव सुरेन्द्र झाले संविधान संशोधनको लागि अगुवाइ गर्न एमालेलाई आग्रह गरेका छन् ।

भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा एमालेको ११औं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

‘यो संविधान चलायमान बनाउने हो भने संशोधन अनिवार्य छ’ उनले भने ।

२०७२ सालमा जारी संविधान मृत अवस्थामा पुगेको उल्लेख गर्दै उनले भने, ‘यो संविधानमा धेरै कुरा गर्व गर्न लायक छ । तर मिलाउनुपर्ने पनि छ । यो संविधानमा हामीले हस्ताक्षर पनि गर्न पाएनौं ।’

आफूहरू संविधान संशोधनका लागि निरन्तर संघर्षरत रहेको भन्दै उनले थपे, ‘अहिले हामीले भनेको मुद्दामा मुलुक एक ठाउँमा  आइपुगेको छ।’

भदौ २३ र २४ गते विद्रोह भएको र विद्रोहमा सहभागी वास्तविक जेनजीका, युवा पुस्ताका अपेक्षाहरू महाधिवेशनले सम्बोधन गर्ने नीति लिने पनि उनले अपेक्षा रहेको बताए।

संघीय लोकतान्त्रिक गणतन्त्र रहिरहुन् भन्नेमा संघर्ष रहेको उल्लेख गर्दै वास्तविक जेनजीले उठाएका माग सम्बोधन गर्नका लागि जननिर्वाचित सरकार चाहिने बताए ।

‘के यो सरकार संर्वैधनिक सरकार हो ? जेनजी पुस्तासँग सम्झौता गरेको छ त्यो लागू गन सक्ने सामर्थ्य यो सरकारसँग छ ? के यो सरकारले संविधान संशोधन गर्न सक्छ ?’ उनले प्रश्न गरे ।

वर्तमान सरकारको लक्ष्य २१ फागुनमा चुनाव गराउनु मात्रै हुननुपर्ने उल्लेख गर्दै उनले भने, ‘भयरहित वातावरणमा निर्वाचन कसरी हुन्छ भन्ने विश्वास दिलाउन सकेको छैन ।’

उनी थप्छन्, ‘सरकार धेरै कुरामा हात हाल्न खोजिरहेको छ । के कतै हामी बंगलादेशमा जस्तै जननिर्वाचित सरकारविहीनताको अवस्थामा त पुग्दै छैनौं ?’

यसतर्फ पनि दलहरू सचेत रहन आवश्यक रहेको उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?