+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

एमालेलाई जनमोर्चाको शुभकामना – सही नेतृत्व चयनमा महाधिवेशनले भूमिका खेलोस्

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २७ गते १४:०६

Listen News

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नेकपा एमालेको ११औं महाधिवेशनले सही नेतृत्व चयनमा भूमिका खेलोस् भनेर शुभकामना दिएका छन्।
  • भट्टले जेनजी आन्दोलनपछि सरकार अपदस्त र प्रतिनिधिसभा विघटन भएको भन्दै वर्तमान सरकार गठनलाई असंवैधानिक भनेका छन्।
  • उहाँले एमालेको महाधिवेशनले राजनीतिक कमजोरी र जनजिविकाको सवाल सम्बोधन गर्न समीक्षा गर्नुपर्ने सुझाव दिएका छन्।

२७ मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले सही नेतृत्व चयनमा ११ औं महाधिवेशनले भूमिका खेलोस् भनेर नेकपा एमालेलाई शुभकामना दिएका छन् ।

भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा एमालेको ११औं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘महाधिवेशन भव्यताको साथ सफल होस् र यसले सही नेतृत्व चयनमा महत्वपूर्ण भूमिका खेलोस् भन्ने शुभकामना दिन चाहन्छु र त्यही प्रकारको अपेक्षा राख्न चाहन्छु’ उनले भने ।

जेनजी आन्दोलनबाट जननिर्वाचित सरकार अपदस्त हुन पुगेको र प्रतिनिधिसभा नै विघटन हुन पुगेको भन्दै उनले सरकार गठनलाई असंवैधानिक भनेका छन् ।

यो परिस्थितिमा एमालेको महाधिवेशन हुन लागिरहेको भन्दै उनले सचेत हुन आवश्यक रहेको बताए ।

गणतन्त्र प्राप्तीपछि पनि राजनीतिक दलहरूका बीचमा कसिलो मेल नहुँदा बाह्य शक्तिले खेल्ने मौका पाएको उनले बताए । एमालेको महाधिवेशनले कहाँ–कहाँ चुकियो भनेर समीक्षा गर्न सक्नुपर्ने उनले स्मरण गरे ।

जेनजी आन्दोलनका नाममा प्रहारको निशाना गणतन्त्रवादी नेताहरू हुन पुगेको भन्दै उनले सचेत हुन आवश्यक रहेको बताए । कहाँनेर शासकीय स्वरुपमा कमजोरी भयो, कहाँ भनेर जनजिविकाको सवाल सम्बोधन गर्न सकिएन ख्याल गर्न आवश्यक रहेको सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?