
२१ भदौ, काठमाडौं । प्युठानमा उपमेयरसहित नेकपा एमालेका ६ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।
प्युठान नगरपालिकाकी उपप्रमुख शान्ता आचार्य, कार्यपालिका सदस्य चित्रकली नगरकोटी, वडा नम्बर ९ का सदस्यद्वय निमबहादुर घर्तीमगर र राजेन्द्र केसीले सोमबार एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।
यस्तै सरुमारानी गाउँपालिकाका कार्यपालिका सदस्य मोहम्मद हलिम र टंक सुनारले पनि जिल्ला निर्वाचन कार्यालय प्युठान पुगेर एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।
मंगलबारसम्म दल रोज्ने समय भएकाले एमालेका अन्य जनप्रतिनिधिहरु पनि आउने एकीकृत समाजवादी प्युठानका अध्यक्ष भोवविक्रम बुढामगरले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4