+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

कोभिड महामारीमा अर्थतन्त्र चलायमान बनाउन कुरियर सेवाको भूमिका महत्वपूर्ण : ढकाल

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १९:२२

२२ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका बेला अर्थतन्त्रलाई चलायमान बनाउन कुरियर सेवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल कुरियर सेवा संघको २७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कुरियर सेवा राज्यका सबै क्षेत्रका लागि आधारभूत आवश्यकता रहेकाले यसको सेवामा कुनै अवरोध हुन नहुने बताए ।

‘यसको सेवा विस्तार र पूर्वाधार तयारीका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छ,’ ढकालले भने, ‘यसका लागि निजी क्षेत्रको छाता संगठनका हैसियतले नेपाल उद्योग वाणिज्य महासंघले पहल गर्नेछ ।’

वरिष्ठ उपाध्यक्ष ढकालले इमेल इन्टरनेटका कारणले कुरियर सेवा छायामा परेको जस्तो देखिए पनि यसको महत्वमा कहिल्यै कमी नआउने उल्लेख गरे । व्यापार व्यवसायमा मात्र नभई आम सर्वसाधारण समेतको सेवा दिइरहेको कुरियर सेवा ओझेलमा परेको उल्लेख गर्दै उनले संसारका विकसित मुलुकमा यसको महत्वमा कहिल्यै कम नआएको र नेपालले पनि संरक्षण र सम्बर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याए ।

ढकालले कुरियर सेवा संघमा सर्वसम्मत नेतृत्व चयन हुनु स्वागतयोग्य रहेको उल्लेख गर्दै यसका लागि संघ नेतृत्वको पहल सह्रानीय रहेको बताए । उनले आफूले सुरुवाती दिनमा कार्गो र कुरियर क्षेत्रबाटै व्यवसाय सुरु गरेको स्मरण गर्दै यस क्षेत्रले भोग्नुपरेका समस्या आफूले महसुस गर्नसक्ने बताए ।

संघको २७ औं वार्षिक साधारणसभाले देवेन्द्र खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?