+
+

चन्द्रागिरीमा ट्रान्सफर्मर चोरी गर्दा गर्दै पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १७:१४

६ असोज, काठमाडौं । प्रहरीले ट्रान्सफर्मर चोरी गर्दै गरेको अवस्थामा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गल्छि गाउँपालिका-८ का ४३ वर्षीय नारायण थापा रहेका छन् ।

असोज २ गते राति ८:३० बजेको समयमा चन्द्रागिरि नगरपालिका-११ स्थित सामसुङ टिभी कारखानाको कम्पाउण्डमा राखिएको बिजुलीको ट्रान्सफर्मर चोरी गरेको आरोपमा वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनको साथबाट फलाम काट्ने कटर १ थान, पेन्चिस १ थान , एक तर्फ धार तथा अनर्को तर्फ तिखो चुच्चो भएको फलामको ड्ण्डी १ थान, स्क्रु ड्राईभर १ थान , बिभिन्न साईजको रेन्ची ११ थान, कपडाको सल २ थान , प्लाष्टिकको वोरा ३ थान, ट्रान्सफर्मर १ थान र ट्रान्सफर्मर तान्न प्रयोग भएको रवरको कालो रंगको फिता डोरी १ थानबरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौ ले जनाएको छ ।

पक्राउ परेका उनीमाथि मुलुकी फौजदारी अपराध सहींता २०७४ बमोजिम वृत्त थानकोटवाट थप अनुसन्धान भईरहेको साथै अन्य संलग्न मानिसहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?