+
+

उत्तराधिकारी घोषणा गर्ने गल्ती गर्दिनँ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते १८:१५
फाइल तस्वीर

१४ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उत्तराधिकारी घोषणा गर्ने गल्ती आफूले नगर्ने बताएका छन् । यद्यपि विचार, राजनीति र योजनासहित आए र पार्टीले पास गरे नेतृत्व छाड्न तयार रहेको उनले बताए ।

अनेरास्वनियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले किताब लेखेर बस्न पाए आफू सबभन्दा बढी खुसी हुने बताए । मञ्चमा बसेका नेताहरुतिर हेर्दै उनले भने, ‘तर यसो हेर्छु अँह …. ।’

नेतृत्व आकांक्षीहरुलाई उनले आग्रह गरे, ‘विचार राजनीति, योजना सहित आउनुस् । राम्रो भयो, पार्टीले पास गर्‍यो भने उत्तराधिकारी घोषणा गरेर हिँड्छु ।’

तर माओले लिनप्याओलाई गरे जस्तो अहिले उत्तराधिकारी घोषणा गर्ने गल्ती नगर्ने उनले बताए । प्रचण्डले अघि भने, ‘लिनप्याओलाई उत्तराधिकारी भनेको त त्यही माओलाई गोली हान्न हिँड्यो । उत्तराधिकारी भनेको त काल हो । म किन भन्ने, त्यो भन्दिनँ । राम्रो काम गरेर आउने साथीहरुलाई बाटो छोडिदिन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?