+
+

प्रधानन्यायाधीशले बोलाए न्यायाधीशहरुको पूर्ण बैठक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते ११:४०

१९ असोज, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्णबैठक (फुलकोर्ट) बोलाएका छन् ।

प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भाग खोजेको समाचार आइरहेका बेला न्यायाधीशहरुको पूर्ण बैठक बस्न लागेको हो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार बैठक दिउँसो १ बजेपछि बस्नेछ । दसैं बिदाको अवधिमा मुद्दा सुनवाइ गर्ने न्यायाधीशहरुको नाम तय गर्ने लगायतका एजेण्डामाथि छलफल हुने प्रवक्ता दाहालले जानकारी दिए ।

सर्वोच्च अदालतमा घटस्थापनादेखि दसैं बिदा हुन्छ तर, बन्दीप्रत्यक्षीकरण लगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ भने रोकिंदैन । यसका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिने अभ्यास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?