+
+

यो हो पृथ्वीमा रहेको सबैभन्दा बुढो जनावर

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २६ गते १६:५२

२६ असोज, काठमाडौं। पृथ्वीमा अरबौँ खरबौँ जिवजन्तुहरु छन् । सबैको जन्म, मृत्यु तथा उमेरको अभिलेख राख्ने कुरा कल्पना बाहिरको कुरा हो । तर वैज्ञानिकहरुले एउटा झण्डै दुई सय वर्ष उमेरको कछुवाको चाहीँ जन्मकुण्डली नै उतारेका छन् ।

यो कछुवामा पृथ्वीमा अहिलेसम्म रेकर्ड गरिएको मध्ये सबैभन्दा धेरै उमेरसम्म बाँचेको जिव हो । यो कछुवाको उमेर १ सय ८९ वर्षको छ । सेसेल्स प्रजातिको उक्त कछुवाको नाम जोनाथन हो ।

दक्षिण आन्ध्र महासागरीय टापु सेन्ट हेलेनामा रहेको यो कछुवाले दुईवटा विश्वयुद्ध, आर्थिक महामन्दी, घातक स्पेनिस फ्लू महामारी देखि कोरोना भाइरस महामारीको यूग समेत भोगेको छ । मानिसका कैयन् पुस्तालाई विदा गरिसकेको यो कछुवा अझै स्वस्थ छ ।

Jonathan the tortoise pictured in February 2019

हिन्द महासागरको सेसेल्समा रहेको यो कछुवालाई सन् १८८२ मा अन्य ३ कछुवासँगै सेन्ट हेलेना ल्याइएको थियो । त्यसबेला जोनाथनको उमेर ५० वर्षको थियो। अर्थात् जोनाथनको जन्म सन् १८३० मा भएको हो ।

सन् १९३० को दशकमा सेन्ट हेलेनाका गभर्नरले यो कछुवाको न्वारान गरेका थिए ।

यो कछुवा सेन्ट हेलेनाका गभर्नरको सरकारी आवास प्लान्टेसन हाउस परिसरमा बस्दै आएको छ र यसको सरकारी कर्मचारीहरुले विशेष हेरचाह र स्याहार सुसार गर्ने गर्दछन्।

The oldest chelonian on record is a radiated tortoise (example shown here)

यो निकै दुर्लभ प्रजातिको कछुवा हो । कुनैबेला लोप भएको ठानिएको सेसेल्स जाएन्ट प्रजातिको कछुवाको संख्या हाल झण्डै ८० वटा रहेको अनुमान छ । यो प्रजातिको कछुवाको औषत उमेर डेढसय वर्ष हो ।

A photo dated to c. 1882–86 taken in the grounds of Plantation on St Helena – shortly after Jonathan arrived on the island (Jonathan is shown on the left)

Jonathan pictured with St Helenian Maxina Yon, holding a copy of the island's Sentinel newspaper dated 21 Feb 2019

Among Jonathan’s favourite snacks are lettuce hearts, cucumbers, apples and bananas

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?