+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

लोकसेवा आयोगलाई गाली गरेपछि एक युवक परे कालोसूचीमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३१ गते १२:१५

३१ असोज, जनकपुरधाम । प्रदेश-२ को लोकसेवा आयोगले एकजना आवेदनकर्तालाई एक वर्षका लागि कालोसूचीमा राखेको छ ।

महोत्तरीको एकडारा गाउँपालिकाको बथनाहा टोल निवासी प्रनित कुमार झालाई एक बर्षका लागि कालोसूचीमा राखिएको लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र यादवले जानकारी दिए ।

उनका अनुसार आयोगको गत असोज ६ गतेको निर्णय अनुसार झालाई एक बर्षका लागि कालोसूचीमा राख्ने निर्णय भएको हो । यो अवधीमा झालाई कुनै पनि लिखित परीक्षामा समावेश नगराउने निर्णय भएको अध्यक्ष यादवले बताए।

कर्मचारी भर्नाका निम्ति आयोगले विज्ञापन आह्वान गरेपछि झाले अनलाइन मार्फत् आवेदन दिएका थिए । तर, उनको केही कागजात अपुग भएकाले आयोग कर्मचारीले इमेल मार्फत् ती कागजात माग गरेका थिए । तर झाले गालीगलौज गर्दै इमेल पठाएको अध्यक्ष यादवको भनाइ छ। ‘हामीले चाहेको भए प्रहरीमा पनि उजुरी दिन सक्थ्यौं’ यादवले भने, ‘तर एक वर्षका लागि कालोसूचीमा राख्ने निर्णय गरेका हौं ।’

अध्यक्ष यादवका अनुसार झालाई फोन गर्दा पनि यस्तै कुरा गरेका थिए । ‘हामीले ५ वर्षसम्म पनि कालोसूचीमा राख्न सक्थ्यौं’ उनले भने, ‘तर, नयाँ युवक भएकाले एक वर्षका लागि मात्रै कालोसूचीमा राखिएको हो ।’

लोकसेवा आयोग अत्यन्तै संवेदनशील भएकाले यसको गरिमा कायम राख्नुपर्ने अध्यक्ष यादवको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?