
८ कात्तिक, काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ ।
सोमबार बसेको सर्वोच्च बारको बैठकले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्ने निर्णय गरेको अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए ।
न्यायालयमा अहिलेको परिस्थिति आउनुमा नेतृत्व नै जिम्मेवार भएकाले उनले नै निकास दिनुपर्ने उनको भनाइ छ ।
‘यो परिस्थिति आउनुमा अहिलेको नेतृत्व जिम्मेवार छ । यसले समाधान त गर्न सकेन सकेन, समस्या झन् जटिल बनायो । यसैले अहिलेको नेतृत्वले निकास दिएर न्यायपालिकाको सुधार गर्नुपर्छ भन्ने हाम्रो निश्कर्ष भयो’ उनले अनलाइनखबरसँग भने ।
सोमबार नै बसेको नेपाल बार एशोसिएसनको बैठकले पनि प्रधानन्यायाधीशको राजीनामा माग्ने निर्णय गरेको थियो ।
सर्वोच्च अदालत बारका सचिव ऋषिराम घिमिरेले सोमबार जारी गरेको विज्ञप्तिमा न्यायालयमा सिर्जिन विकृति, विसंगतिका सम्बन्धमा अध्ययन गरी तयार भएको प्रतिवेदनसमेत कार्यान्वयन गर्नबाट हच्किई सुधारका कार्यमा समेत बाधा अड्चन गरेबाट नेतृत्व असफल भएको उल्लेख गरिएको छ ।
‘यो गम्भीर परिस्थितिमा यस बार एशोसिएसनका पूर्व अध्यक्ष तथा पूर्वसचिवसमेत रहेको सल्लाहकार समितिद्वारा २०७८ साल कात्तिक ८ मा प्राप्त सल्लाह र सुझावसमेतका आधारमा आजै बसेको कार्यसमितिको बैठकले न्यायिक नेतृत्व सम्पूर्ण रुपमा असफल भएको ठहर गरेको हुँदा न्यायपालिकालाई थप संकटबाट जोगाउन समुचित निकासका लागि मार्गप्रशस्त गर्न सम्मानननीय प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष सर्वोच्च अदालत बार एशोसिएसन जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
हेर्नुहोस् विज्ञप्ति
प्रतिक्रिया 4