+

चार नेपाली क्लबलाई एएफसी क्लब लाइसेन्स

२०७८ कात्तिक  १८ गते १८:३९ २०७८ कात्तिक १८ गते १८:३९
चार नेपाली क्लबलाई एएफसी क्लब लाइसेन्स

१८ कात्तिक, काठमाडौं । नेपालका चार ए डिभिजन क्लबले एएफसी क्लब लाइसेन्स पाउने भएका छन् ।

फस्ट इन्स्यान्ट बडी (एफआईबी) ले चार क्लबलाई क्लब लाइसेन्स दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

ए डिभजन लिगको साविक विजेता मछिन्द्र पुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब र नेपाल एपीएफ फुटबल क्लबले यस सिजनका लागि क्लब लाइसेन्स प्राप्त गर्ने एन्फाले जनाएको हो ।

आर्मीले अघिल्लो सिजनमै क्लब लाइसेन्स प्राप्त गरेको थियो । आर्मी एएफसी क्लब लाइसेन्स पाउने पहिलो नेपाली क्लबसमेत हो । एएफसी क्लब लाइसेन्सिङ प्रकिया पूरा गरेको क्लबहरुलाई क्लब लाइसेन्स दिने निर्णय गरिएको एन्फाले जनाएको छ ।

यस्तै एन्फाले राष्ट्रिय क्लब लाइसेन्सको विषयमा अर्को महिना निर्णय गर्ने पनि जनाएको छ ।

फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय