+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

जबरालाई बारको जवाफ : तपाईंसँग वार्ता हुँदैन, राजीनामा गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते १७:२२
नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ (बाँया) र सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्य

२९ कात्तिक, काठमाडौं । आन्दोलनरत कानून व्यवसायीहरुले वार्ताका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राखेको प्रस्ताव अस्वीकार गरेका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले सर्वोच्च अदालत परिसरमा निरन्तर प्रदर्शन गर्दै आइरहेको छ ।  कानून व्यवसायीहरुले सर्वोच्चको मूल गेटमा धर्ना दिएर अदालत प्रवेशमै अवरोध गर्न खोजेपछि प्रधानन्यायाधीश जबराले सोमबार वक्तव्य जारी गर्दै सम्वादमा आउन आग्रह गरेका छन् ।

तर नेपाल बार र सर्वोच्च अदालत बार दुवैले प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने बताएका छन् । अदालत परिसरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘तपाईंसँग वार्ता हुन सक्दैन, तपाईं राजीनामा गर्नुस् ।’

जबराले राजीनामा दिएपछि आउने नयाँ नेतृत्वसँग मात्र न्यायालय सुधारका लागि वार्ता गर्ने उनले बताए ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले पनि जबराले राजीनामा दिएपछि आउने नयाँ नेतृत्वसँग मात्र वार्ता गर्ने बताए । प्रधानन्यायाधीशको आह्वानबारे वक्तव्य मार्फत जवाफ दिने भन्दै उनले भने, ‘उहाँसँग हामीले वार्ता गर्ने प्रश्नै उठ्दैन । हामीले वार्ता भनेको उहाँको राजीनामापछि आउने नेतृत्वसँग हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?