
१ मंसिर, काठमाडौं । बहुप्रतीक्षित हलिउड फिल्म ‘स्पाइडर म्यान : नो वे होम’को ट्रेलर सार्वजनिक भएको छ । सोनी पिक्चर्सले अमेरिकाको लस एन्जसमा एक समारोहको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो ।
फिल्ममा अभिनेता टम होल्याण्डसहित जेन्डाया, जेकब बाटालोन, बेनेक्डिट कम्बरब्याच, अफ्रेड मोलिना, जेमी फक्स, विलियम डाफोलगायतको अभिनय रहेको छ ।
ट्रेलर लञ्च कार्यक्रममा अभिनेता होल्याण्ड आफैं उपस्थित भएका थिए । उनले ‘स्पाइडर म्यान : नो वे होमलाई अहिलेसम्मकै उत्कृष्ट सुपरहिरो फिल्म भएको दाबी समेत गरे ।
यो फिल्म आगामी डिसेम्बर १७ देखि सिनेमा हलहरुमा प्रदर्शन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4