+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

लभ कामतको अलराउण्ड प्रदर्शनमा प्रदेश-१को विजयी सुरूआत

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते १६:२८

७ मंसिर, काठमाडौं । लव कामतले अलराउण्ड प्रदर्शन गरेपछि प्रदेश १ ले वाई वाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा भएको उद्‌घाटन खेलमा प्रदेश-१ ले मंगलबार बागमती प्रदेशलाई २६ रनले हरायो।

लक्ष्य डिफेण्ड गर्ने क्रममा सर्वाधिक ५ विकेट लिएका लवले त्यसअघि ब्याटिङमा ३३ रन जोडेका थिए ।

प्रदेश-१ ले दिएको १७६ रनको लक्ष्य पछ्याएको बागमतीले ३१.४ ओभरमा आफ्ना सबै विकेट गुमाएर १४९ रन मात्र बनाउन सक्यो।

बागमतीका लागि विपिन शाहीले सर्वाधिक ४३ तथा विवेक मगरले ४२ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन।

बागमतीलाई अलआउट गर्न प्रदेश १ का लव कामतले ६ ओभरमा २६ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । यस्तै दिपेश कँडेलले ३ तथा दिपक जोशीले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ४५. ३ ओभरमा सबै विकेट गुमाउदै १७५ रन बनाएको थियो। प्रदेश १ का लागि दिपक जोशी र लभ कामतले समान ३३ रन बनाए ।

ओपनर सोनु अन्सारीले ३२ र दिपेश कँडेलले २३ रन बनाए । बागमतीका तिलक भण्डारी र क्रिस कार्कीले ३-३ विकेट लिए ।

कप्तान प्रतिश जिसीले २ तथा गौतम केसी र विवेक मगरले समान १ विकेट लिए। मंगलबारै मुलपानी मैदानमा भएको खेलमा लुम्बिनीले गण्डकीलाई ९ विकेटले पराजित गरेको छ ।

प्रतियोगितामा बुधबार लुम्बिनी र कर्णाली तथा बागमति र गण्डकी प्रदेशबीच खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?