
८ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गाेल्छाले अमेरिकी सहयाेग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) छिटो पारित गर्नुपर्ने बताएका छन् । काेराेना पछिकाे आर्थिक पुनरुत्थानमा महत्त्वपूर्ण सहयोग पुग्ने भन्दै अध्यक्ष गाेल्छाले एमसीसी पारित गर्नुपर्ने बताए ।
नेपाल आर्थिक पत्रकार संघले बुधबार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बाेल्दै उनले एमसीसी पारित नभए नेपालले राम्रो अवसर गुमाउने बताए ।
एमसीसीका विषयमा आफ्नो कुनै स्वास्थ नरहेकाे भन्दै उनले मुलुकका लागि आवश्यक परियाेजना भएको बताए । ‘मलाई त कतिपय साथीहरूले तेराे के स्वार्थ छ भनेर पनि साेधिराख्नु हुन्छ, मैले यसअघि पनि याे विषयमा बाेल्दै आएको छु,’ उनले भने, ‘यसमा मेराे केही स्वार्थ छैन, स्वार्थ छ भने मुलुककाे आर्थिक समृद्धिकाे स्वार्थ छ । ‘
प्रतिक्रिया 4