+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नारायणी नदी छेउमा खाना पकाउने, गाडीमै सुत्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते ०:०१

९ मंसिर, चितवन । नेकपा एमालेको महाधिवेशनमा सहभागी हुन बारा जिल्लाबाट चितवन आएका सहभागीहरु नारायणी किनारमा बसिरहेका छन् ।

पाँचवटा गाडीमा आएका २ सय ५० प्रतिनिधि गैडाकोटको नारायणी नदी किनारामा बसिरहेका छन् । नदी छेउमै खाना पकाएका उनीहरुले आफू चढेर आएको बसमा सुत्ने बताए ।

पार्टीले सबैजनालाई खानाबस्नको व्यवस्था गर्न नसक्ने भएकाले आफ्नो व्यवस्था आफैं गरेको महाधिवेशन प्रतिनिधि सुरेश यादवले बताए ।

एमालेले भोलि शुक्रबार हुने महाधिवेशन उद्घाटन समारोहमा करिब ५ लाख  जनसहभागिता जुटाउने जनाएको छ । त्यसकै लागि देशका विभिन्न स्थानबाट मानिसहरू चितवन आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?