+
+

कांग्रेसको रुपन्देही सभापतिमा खाँण निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ११ गते १५:५८

११ मंसिर, बुटवल । नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण निर्विरोध निर्वाचित भएका छन् । सभापति पदमा खाँणको एकल उम्मेदवारी परेको जिल्ला निर्वाचन समितिका संयोजक भेषराज घिमिरेले जानकारी दिए ।

सभापतिमा निर्वाचित खाँण संस्थापन समूहका हुन् । गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ समेत रहेका खाँण यसअघि जिल्ला सचिव थिए । पार्टीको अधिवेशनलाई लक्षित गरी गृहमन्त्री खाँण झण्डै एकसाता रुपन्देहीमै बसेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र क्षेत्र नंं. ५ का प्रतिनिधिसभा सदस्य भरत शाह लगायतसँग छलफल गरेर निर्विरोध गराएका हुन् ।

उपसभापतिमा पौडेल पक्षका थानेश्वर घिमिरे र डा. अनिता शाह निर्विरोध भएका छन् । अनिता भरत शाहकी श्रीमती हुन् ।

सचिवमा हरि काफ्ले र परमानन्द भट्टराई तथा सहसचिवमा विष्णु थापा र बासु रिमाल निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका संयोजक घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?