+
+

महोत्तरीमा महिलाको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते १४:४२

१५ मंसिर, जनकपुरधाम। महोत्तरीमा एक जना महिलाको शव भेटिएको छ ।

जिल्लाको लोहारपट्टी नगरपालिका-६ लोहारपट्टी निवासी सुरेन्द्र मण्डलकी ३४ वर्षीया पत्नी रुबी मण्डल आफ्नो घर नजिकै मृत अवस्थामा भेटिएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

मृत भेटिएकी उनको टाउकोमा चोट देखिएको उनले बताए । परिवारका अनुसार मंगलबार राति घरमा सुतिरहेकी उनलाई बाहिर बोलाएको र धारिलो हतियार टाउकोमा प्रहार गरेका थिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिने तयारी भइरहेको प्रहरी प्रवक्ता विष्टले बताए । उनले तत्कालै घट्ना सम्बन्धमा थप जानकारी आउन नसकेकोले थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?