१८ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्टहृयामले लिग लिडर चेल्सीमाथि महत्वपूर्ण जित हात पारेको छ । शनिबार भएको खेलमा दुई पटक पछाडि परेको वेष्टहृयामले उत्कृष्ट कमब्याक गर्दै चेल्सीलाई ३-२ गोल अन्तरले हराएको हो ।
लण्डन स्टेडियममा भएको खेलमा चेल्सीले २८औं मिनेटमा थिएगो सिल्भाको गोलबाट अग्रता लिएको थियो ।
४० औं मिनेटमा पाएको पेनाल्टीमा नान्जिनीको बराबरी गोल गरे । तर चार मिनेटपछि नै माउन्टले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए ।
दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको वेष्टहृयामका लागि ५६ औं मिनेटमा बोवेनले बराबरी गोल फर्काए भने ८७ औं मिनेटमा मेसेआकुले उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई महत्वपूर्ण ३ अंक दिलाए ।
जितपछि वेष्टहृयाम १५ खेलबाट २७ अंकका साथ चौथो स्थानमा छ भने लिग लिडर चेल्सीको ३३ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4