+

रोहित शर्मा बने भारतको ओडीआई टिमको कप्तान 

२०७८ मंसिर  २२ गते २१:०० २०७८ मंसिर २२ गते २१:००
रोहित शर्मा बने भारतको ओडीआई टिमको कप्तान 

२२ मंसिर, काठमाडौं । रोहित शर्मा भारतको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) टिमको कप्तान बनेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई)ले बुधबार विराट कोहलीलाई हटाउँदै रोहित शर्मालाई ओडीआई टिमको कप्तान चयन गरेको हो ।

अब कोहली भारतीको टेष्ट टिमको मात्र कप्तान रहनेछन् । युएई र ओमानमा भएको टी-२० विश्वकप पछि कोहलीले टी-२० टिमको कप्तानी छाडेका थिए । त्यसपछि न्युजिल्याण्डविरुद्ध घरेलु मैदानमा भएको टी-२० सिरिजमा रोहित शर्माले नै भारतको कप्तानी गरेका थिए ।

बीसीसीआईले बुधबार दक्षिण अफ्रिकाविरुद्ध खेल्ने टेष्ट टिमको घोषणा गर्दै रोहित शर्मालाई ओडीआई र टी-२० टिमको कप्तान चयन गरेको जनाएको छ ।

बीसीसीआईले विराट कोहलीको कप्तानीमा दक्षिण अफ्रिका जाने १८ सदस्यीय टेष्ट टोली घोषणा गरेको छ । जहाँ रोहितलाई टेष्ट टिमको उपकप्तान बनाइएको छ । यसअघि अजिन्का रहाने उपकप्तान थिए ।

यस्तै केएल राहुल, ऋषभ पन्त, जसप्रित बुमराह र मोहम्मद सामी टेष्ट टिममा फर्किएका छन् । रवीन्द्र जडेजा, शुभमन गिल, अक्षर पटेल र राहुल चाहर भने चोटका कारण छनोटमा परेनन् ।

भारतले दक्षिण अफ्रिका भ्रमणमा रहँदा वर्ल्ड टेष्ट च्याम्पियनसिप अन्तर्गत २६ डिसेम्बर देखि १५ जनवरीसम्म ३ खेलको टेष्ट सिरिज खेल्ने तालिका छ ।

भारतीय टेष्ट टिम :

विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान) , केएल राहुल, मायंक अग्रवाल, चेतेश्वर पुजारा, अजिन्का रहाने, श्रेयस अयेर, हनुमा विहारी, ऋषभ पन्त (विकेटकिपर ), रिद्दीमान शाह (विकेटकिपर ), रविचन्द्रन अश्विन, जयन्त यादव, इशान्त शर्मा, मोहम्मद सामी, उमेश यादव, जसप्रित बुम्राह, शार्दुल ठाकुर, मोहम्मद सिराज ।

क्रिकेट रोहित शर्मा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय