
फाइल तस्वीर
२७ मंसिर, चितवन । चितवनमा भाले गैँडा मृत अवस्थामा भेटिएको छ । भरतपुर महानगरपालिका-१६ मा करिब १६ वर्षको भाले गैँडा मृत भेटिएको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए ।
सिद्धिगणेश सामुदायिक वनबाट करीब ५०० मिटर पूर्वतर्फ विजयनगरको गणेश मन्दिर जानेबाटो छेउको जैघाँस भएको खेतमा गैँडा मृत फेला परेको हो ।
प्राविधिकको टोलीबाट शव परीक्षण भएको छ । उनले भने, ‘मारिएको हो या कालगतीले मरेको भनेर रिपोर्टपछि मात्रै थाहा हुन्छ।’ डिभिजन वन, चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी)का प्राविधिक टोलीले मृत गैडाको व्यवस्थापन गरेको छ ।
गैँडाको खाग र खुरसहित सबै अङ्ग सुरक्षित छ । मृत गैँडाको शरीरमा कुनै चोट पनि देखिएको छैन । गैँडाको सिंग र खुर डिभिजन वनको झनझने पोष्टमा सुरक्षित राखिएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4