
फाइल तस्वीर
६ पुस, काठमाडौं । सर्वोच्च अदालत प्रशासनको आग्रहको अवज्ञा गर्दै कानून व्यवसायीले मंगलबार सर्वोच्च अदालत परिसरमा नाराबाजी गरेका छन् ।
नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार सर्वोच्च अदालतका एक अधिकारीले प्रधानन्यायाधीश जबराको निर्देशन भन्दै उनलाई फोन गरेर सर्वोच्च अदालत परिसरमा प्रदर्शन र नारावाजी नगर्न भनेका थिए ।
तर, कानून व्यावसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसर छिर्दा भने सुरक्षाकर्मीले रोकेनन् । प्रदर्शन र धर्नापछि बोल्दै बार एशोसिएसनका अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा नआउँदासम्म आफूहरुको विरोध कार्यक्रम यथावत् रहने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4