१३ पुस, काठमाडौं । एसीसी यू-१९ एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले कुवेतलाई २४० रनको लक्ष्य दिएको छ ।
युएईको शारजाह क्रिकेट स्टेडियममा पहिले ब्याटिङ गरेको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाएर २३९ रन जोडेको हो ।
नेपालका लागि बसिर अहमदले ५६, विवेक मगरले ५०, आदिल अन्सारीले ४९, शेर मल्लले २१ र दिपेश कँडेलले १५ रन जोडे ।
त्यस्तै अर्जुन साउदले १०, गुल्सन झाले ७, सन्तोष कार्की र देव खनालले समान ५ रन जोडे ।
यसअघिका दुई खेलमा लगातार हार व्यहोरेपछि नेपाली टोली समूह चरणबाट बाहिरिसकेको छ । मंगलबार कुवेतसँगको खेल प्रतिष्ठाको खेल मात्र हुनेछ । समूह बी बाट श्रीलंका र बंगलादेशले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4