१६ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ । शुक्रबार भएको भेटमा राप्रपाका महामन्त्री धवलशमशेर राणाको समेत उपस्थिति रहेको थियो ।
भेटपछि विवेकशील साझाका अध्यक्ष मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज बिहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीतिक, समाज र यो देशको भविष्यबारे चिन्तापुर्ण तर आशाजनक संवाद भयो । दुवैप्रति आभारी छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4