+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

टेनिस स्टार जोकोभिकलाई अष्ट्रेलिया प्रवेश गर्न रोक

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २२ गते ८:०६

२२ पुस, काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिकलाई अष्ट्रेलिया प्रवेश गर्न रोक लगाइएको छ ।

सीमा सुरक्षा फौजले उनलाई मेलवर्न विमानस्थलमै रोकेका छन् र अब निर्वासित गरिने जनाएका छन् ।

कोभिड-१९ सँग सम्बन्धित यात्रा मापदण्ड पालना नगरेको भन्दै उनको भिसा नाटकीय ढंगले रद्द गरिएको बीबीसीले जनाएको छ ।

टेनिस स्टार जोकोभिकलाई कयौं घण्टा विमानस्थलमा राखिएको थियो ।

टेनिस खेल्नका लागि अष्ट्रेलिया सरकारले छुट दिएको भोलिपल्ट जोकोभिकले त्यहाँको यात्रा गरेका थिए । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कानूनभन्दा माथि कोही नभएकाले उनलाई निर्वासित गरिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?