+

जगजित र आशिष राष्ट्रिय टिमको क्याम्पमा थपिए, सन्तोष बाहिरिए

२०७८ पुष  २५ गते २१:११ २०७८ पुष २५ गते २१:११
जगजित र आशिष राष्ट्रिय टिमको क्याम्पमा थपिए, सन्तोष बाहिरिए

२५ पुस, काठमाडौं । त्रिभुवन आर्मी क्लबका मिडफिल्डर जगजित श्रेष्ठ र च्यासल युथ क्लबका आशिष राई राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि समावेश भएका छन् ।

मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताइरीले मरिसस विरुद्धको खेलका लागि यसअघि घोषणा गरेको टोलीमा दुई नयाँ खेलाडी थप गरेका हुन् । यसअघि ३४ जनालाई प्रशिक्षणका लागि छनोट गरिएकोमा आर्मीका मिडफिल्डर सन्तोष तामाङ भने बाहिरिएका छन् । उनी चोटका कारण बाहिरिएको एन्फाले जनाएको छ ।

सन्तोषले ए डिभिजन लिगमा शनिवार भएको खेलमा एनआरटी विरुद्धको खेल पनि गुमाएका थिए । दुई जना थपिएपछि अब क्याम्पमा खेलाडीको संख्या ३५ भएको छ ।

नेपालले आगामी माघ १५ र १८ गते दशरथ रंगशालामा अफ्रिकन राष्ट्र मरिससंग मैत्रीपूर्ण खेल खेल्दैछ ।

बन्द प्रशिक्षणका लागि बोलाइएका ३५ खेलाडी

विशाल श्रेष्ठ, दीप कार्की, किरण कुमार लिम्बु, सत्रुघन चौधरी, टेकेन्द्र थापा, आशिष लामा, आयुस घलान, आकाश बुढा मगर, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, विमल घर्तीमगर, विशाल राई, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश हेमजन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, कृतिश रन्त छुन्जु, मनिष डाँगी, नविन गुरुङ, नितिस थापा, पुजन उपरकोटी, सुवास गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी, सुशिल राई, तेज तामाङ, जगजित श्रेष्ठ, आशिष राई ।

खेलकुद फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय