+
+

टाइगर कप पुरुष भलिबल : त्रिभुवन आर्मी फाइनल प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते १५:३४

३० पुस, पोखरा । त्रिभुवन आर्मी क्लब पोखरामा भइरहेको दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ ।

लिग चरणको अन्तिम खेलमा शुक्रबार विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै आर्मीले हेल्प नेपालसंग उपाधि भेट पक्का गरेको हो ।

आर्मी ४ मध्ये ३ खेल जित्दै ९ अंक जोडेर शीर्ष दुईमा रहँदै फाइनल पुगेको हो । हेल्प नेपाल भने १० अंक जोडेर शीर्ष स्थानमा रहँदै फाइनल पुगिसकेको छ ।

यसअघिका तीन खेलमा अपराजित रहेको पुलिस अन्तिम खेलमा पराजित भएपछि फाइनल पुग्न असफल रह्यो । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा भएको एकपक्षिय खेलमा आर्मीले पुलिसलाई २५-१५, २५-१८, २५-१३ ले सहजै हरायो ।

आर्मी लगातार दोस्रो पटक फाइनल पुगेको हो । गत संस्करणमा आर्मी फाइनलमा गण्डकीसंग पराजित भएको थियो । फाइनल खेल शनिवार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?