+
+

पीएम कप टी-२० फाइनल : एपीएफले पुलिसलाई दियो १५८ रनको लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते ११:५३

५ माघ, काठमाडौं । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि  एपीएफले पुलिस क्लबलाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले १९.५ ओभरमा अलआउट हुँदै १५७ रन  बनाएको हो ।

सुरुमा केही धर्मराएको एपीएफका लागि खेलको उत्तरार्धतिर ब्याटिङमा आएका खेलाडीहरूले सम्हालेका थिए । ९औं नम्बरमा आएका अमर रौतेलाले १५ बल खेल्दै तीन छक्का र दुई चौकाको मद्दतमा सर्वाधिक २९ रनको महत्वपूर्ण योगदान गरे ।

यस्तै लोकेश बमले २७, दीपक बोहोराले २४, सरद भेषवाकरले १९, भुवन कार्कीले १७ रनको योगदान गरे । ओपनिङमा आएका आशिफ सेख ९ र प्रदीप ऐरी भने ७ रनमै आउट भए भने किशोर महतोले ८, दीपक बोहोराले ६ र अविनास बोहोराले एक रनमात्रै जोडे । पूर्ण बिक भने पहिलो बलमै रन नजोडी आउट भए ।

पुलिसका सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले तीन/तीन विकेट लिए भने गुल्शन झाले दुई र आरिफ शेख र योगेन्द्र सिंह कार्कीले एक/एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?