+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

पर्सामा माघ महिनाभर सभा सम्मेलन गर्न रोक

सरकारी सेवा लिन खोप कार्ड अनिवार्य

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते १९:०२

५ माघ, वीरगञ्ज। पर्सामा माघ मसान्तसम्म सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने कार्यक्रममा रोक लगाइएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण नेपालमासमेत बढ्दै गएको सन्दर्भमा रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन यस्तो आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

माघ ५ गते राति १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि लागू हुने गरि गोष्ठी, सेमिनार, समीक्षा, बैठकजस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने, भौतिक रुपमा उपस्थित भई गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गरी बढीमा २५ जना मात्र सहभागी हुने, माघ ७ गते पश्चात कार्यक्रममा सहभागीले पूर्ण मात्रा खोप लगाएको हुनुपर्ने निर्णय गरेको छ ।

त्यसैगरी सिनेमा हल, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, पटके हाटबजार र मानिसहरुको भिडभड हुने अन्य सबै प्रकारका कार्यक्रम माघ मसान्तसम्म सञ्चालनमा रोक लगाइएको छ ।

विद्यालय, विश्व विद्यालय, कलेज ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ १५ गतेसम्म भौतिक उपस्थितिमा सञ्चालन नगर्न भनिएको छ ।

त्यस्ता शैक्षिक क्रियाकलाप भर्चुअल वा बैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाएर सञ्चालन गर्न, शैक्षिक संस्थाहरुके सञ्चालन र स्थानीय हाट बजार लगाउने सम्बधमा सम्बन्धित स्थानीय तहले संक्रमणको अवस्था विचार गरी आफ्नो क्षेत्रका लागि आवश्यक निर्णय लिन सक्ने डीसीएमसीको निर्णयमा उल्लेख छ ।

माघ ७ गतेदेखि जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरिएको छ । पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको बढीमा एक तिहाइ नबढ्ने गरी बढीमा ५० जना मात्र उपस्थित रहने तथा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरि प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिई विवाह, ब्रतबन्ध, न्वारन तथा पास्नी जस्ता धार्मिक, साँस्कृतिक सामाजिक वा अन्य कार्यक्रम सञ्चालन गर्ने गराउन भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको अध्यक्षतामा बसेको डीसीएमसीको बैठकले सार्वजनिक यातायत, हेटल तथा रेष्टुरेन्ट सञ्चालनका लागि छुट्टाछुट्टै मापदण्ड पनि पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?