६ माघ, पोखरा । आहारारा गोल्डकप आयोजना गर्दै आइरहेको सहारा क्लबले यस वर्षको वर्षोत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कार अञ्जन विष्टलाई प्रदान गरेको छ । २०औं आहारारा गोल्डकप उद्घाटन समारोहमा उनलाई ३५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
हेटौंडाका अञ्जन सन् २०१४ बाट राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । हाल उनी मनाङ मर्स्याङ्दी क्लबसँग आबद्ध छन् । सहाराले उक्त पुरस्कार बर्सेनि एकजना राष्ट्रिय फुटबल खेलाडीलाई प्रदान गर्दै आइरहेको छ ।
अघिल्लो वर्ष यही पुरस्कारबाट फरवार्ड अभिषेक रिजाल सम्मानित भएका थिए । बिहीबारदेखि शुरू भएको मोफसलकै चर्चित मानिएको आहारारा गोल्डकप यसवर्ष दर्शकबिनै शुरू भएको छ ।
कोरोना महामारीको बेला प्रशासनले भिडभाड गर्न रोकेकाले दर्शकबिनै खेल शुरू भएको हो । उद्घाटन खेलमा आयोजक सहारा र विभागीय टोली एपीएफबीच भइरहेको छ ।
प्रतिक्रिया 4