+
+

अल्लु अर्जुनको ‘अला वैकुण्ठपुरमलो’ हिन्दीमा रिलिज नहुने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १७:४७
साउथ अभिनेता अल्लु अर्जुन

७ माघ, काठमाडौं । साउथ सुपरस्टार अल्लु अर्जुनको सुपरहिट तेलुगू चलचित्र ‘अला वैकुण्ठपुरमलो’को हिन्दी डब सिनेमा हलमा रिलिज नहुने भएको छ । यसको हिन्दी रिमेक ‘शहजादा’ निर्माण भइरहेकाले यो चलचित्रको हिन्दी भर्सन रिलिज नहुने भएको हो ।

‘अला वैकुण्ठपुरमलो’को हिन्दी राइट्स मनिष शाहसँग रहेको छ । अहिले यो चलचित्र हिन्दीमा रिलिज हुँदा कार्तिक आर्यन अभिनित ‘शहजादा’को बक्स अफिस कलेक्सनमा असर पर्ने भएकाले यस्तो निर्णय लिइएको मनिषले बताएका छन् ।

‘शहजादा’ र ‘अला वैकुण्ठपुरमलो’को हिन्दी भर्सनको दुवै राइट्स निर्माता अल्लु अरविन्दले मनिषलाई बिक्री गरेका हुन् । ‘शहजादा’लाई अल्लु अरविन्द, भूषण कुमार र अमन गिलले मिलेर गरिरहेका छन् ।

यो चलचित्रलाई लिएर कार्तिक निकै उत्साहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?