+

कृष्णप्रसाद भट्टराई स्मृति कराते चैतमा हुने

२०७८ माघ  २९ गते १९:०७ २०७८ माघ २९ गते १९:०७
कृष्णप्रसाद भट्टराई स्मृति कराते चैतमा हुने

२९ माघ, काठमाडौं । चैत अन्तिम साता प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्व प्रधानमन्त्री स्व. भट्टराईको स्मृतिमा हुन लागेको प्रतियोगिता चैत २४ देखि २६ गतेसम्म हुने आयोजक जिल्ला प्रमुख डोजो ललितपुरका अध्यक्ष दीपक श्रेष्ठले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ) गरी १० टिम सहभागी हुनेछन् । एकल र टिम कातासहित पुरुषमा ११ तथा महिलामा १० गरी २१ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पुरुषमा १ सय १० र महिलामा १ सय गरी २ सय १० खेलाडी सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

टिम च्याम्पियनलाई १ लाख रुपैयाँ र उत्कृष्ट पुरुष र महिला खेलाडीलाई पनि नगदबाट पुरस्कार दिइने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङले यसै प्रतियोगिताबाट चीनमा हुने १९ औं एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने बताए ।

करातेका प्रमुख प्रशिक्षक हीरासिंह डंगोलले प्रत्येक तौल समूहबाट ४ खेलाडीका दरले २१ स्पर्धामा ८४ खेलाडीको प्रारम्भिक छनोट गरिने बताए । खेलहरु सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते हलमा हुने छ ।

खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय