
काठमाडौं । ‘आईएमई पे’मार्फत हवाई टिकट बुकिङ गर्ने दुई जोडीले चन्द्रागिरि घुम्ने अवसर पाएका छन् । उनीहरुले प्रणय दिवसको अवसरमा आईएमई पेले ल्याएको अफर अन्तर्गत हवाई टिकट बुकिङ गरेका थिए । विजेताले चन्द्रागिरि रिसोर्टमा एक रात दुई दिनको आकर्षक प्याकेज प्राप्त गर्नेछन् ।
‘आईएमई पे’ को उक्त अफर जित्नेमा काठमाडौंका दिनेशकुमार निरौला र दुर्गा गुरुङ रहेका छन् । विजेता निरौला र गुरुङलाई पानीपोखरीस्थित आईएमई कम्प्लेक्समा एक विशेष कार्यक्रमको आयोजना गरी टिकट हस्तान्तरण गरिएको आईएमईले जनाएको छ ।
टिकट हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै ‘आईएमई पे’ का प्रमुख कार्यकारी अधिकृत विकासकुमार नाहाटाले भ्यालेनटाइन्सको अवसरमा ल्याइएको अफर जित्ने दुई जोडीलाई बधाई ज्ञापन दिएका थिए । विगत केही वर्षदेखि आईएमई पे मार्फत हवाई टिकट खरिद गर्दा सर्वाधिक क्यास व्याक (रु. ६०० सम्मको) रहेको र आईएमई पे मार्फत हवाई टिकट निकै सहज ढंगले काट्न सकिने उनको भनाइ थियो ।
उक्त प्याकेजमा दुई जोडीलाई चन्द्रागिरि रिसोर्टको डिलक्स रुम, चन्द्रागिरि केबलकारको टिकट, ब्रेकफास्ट, बेड र डिनरको अफर रहेको कम्पनीले जनाएको छ ।
आईएमई पेले ४ फेब्रुअरीदेखि १२ फेब्रुअरीसम्म उक्त अफर सञ्चालनमा ल्याएको थियो । उक्त अफरमा सहभागीहरु मध्ये लक्की ड्र मार्फत विजेता घोषणा गरिएको आईएमईले जनाएको छ ।
प्रतिक्रिया 4