+
+

राजेशपायलका एकसाथ तीन गीत युट्युब ट्रेन्डिङमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ८ गते १४:१३

८ फागुन, काठमाडौं । गायक राजेशपायल राईका एकसाथ तीन गीत युट्युब ट्रेन्डिङमा पर्न सफल भएका छन् । उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक तीन गीत यतिबेला युट्युबमा संगीततर्फ ट्रेन्डिङमा छन् ।

नौ दिनअघि राजेशपायलले बालगायिका रुक्साना लिम्बूसँगको स्वर र अभिनयमा ‘चोरी भो २’ बोलको गीत सार्वजनिक गरेका थिए । राजन मुकारुङको शब्द, राजेशपायलको संगीत रहेको यस गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन् । आइतबार युट्युबमा संगीततर्फ ट्रेन्डिङको आठौं स्थानमा रहेको यस गीतले पाँच लाख बढी भ्युज पाएको छ ।

त्यस्तै, राजेशपायलले पेमा देचेन तामाङसँगको स्वर र अभिनयमा सार्वजनिक गरेको ‘सै हँमा’ बोलको गीत यतिबेला युट्युबमा संगीततर्फ ट्रेन्डिङ १३ मा छ । टिका चाम्लिङको शब्द, राजेशपायलकै संगीत, राजु कार्कीको एरेन्ज रहेको गीत चार साताअघि सार्वजनिक गरिएको थियो । यो गीतले युट्युबमा १५ लाख बढी भ्युज पाएको छ ।

त्यस्तै, राजेशपायलले गत शुक्रबार मात्रै सार्वजनिक गरेको ‘सायारेम-घामै कसम’ पनि यतिबेला युट्युब ट्रेन्डिङमा परेको हो । राजेशपायल र मिन्छमा राईको स्वर तथा अभिनय रहेको गीत युट्युबमा संगीततर्फ ट्रेन्डिङ १७ मा छ । राजन मुकारुङको शब्द तथा संगीत रहेको गीतलाई  विषम आचार्यले एरेन्ज गरेका हुन् । यो गीतले आइतबार दिउँसोसम्म १ लाख ४५ हजार बढी भ्युज पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?