
तस्वीर सौजन्य : ज्योति कार्की
१२ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले युक्रेनमा रहेका सबै नेपालीहरूले आफ्नो अवस्थाबारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउन आग्रह गरेको छ ।
बिहीबार गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद युक्रेनका अध्यक्ष हरि मल्लले विज्ञप्ति जारी गर्दै ३८ जना नेपाली मात्र परिषद्को सम्पर्कमा आएका भए पनि यसबाहेक अरू नेपाली हुनसक्ने भन्दै सम्पर्कमा रहन आग्रह गरे ।
युक्रेनमा ४४ विद्यार्थी र ट्रान्जिटमा २०० भन्दा बढी नेपालीहरू रहेको जानकारीमा आएको परिषद्का अध्यक्ष मल्लले जानकारी दिए । साथै, युक्रेनमा रहेका सबै नेपालीहरूलाई आफू सुरक्षित रहन र आवश्यक परे स्वदेश फर्कनसमेत गैरआवासीय नेपाली संघले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4