
१२ फागुन, काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सम्वाद गरेका छन् ।
अमेरिकी सहयोग परियोजना एमसीसीबारे चर्को बहस भइरहेका बेला सीपीसीका विदेश विभाग प्रमुख सङ ताओले एमाले अध्यक्ष ओली र विदेश विभाग उपप्रमुख चेन झाओले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भिडियो सम्वाद गरेका छन् । भिडियो सम्वादका क्रममा नेपाल चीन सम्बन्धबारे कुराकानी भएको चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले जनाएको छ ।
सम्वादका क्रममा सीपीसीका अधिकारीहरुले नेपाली जनताले आफ्नो विकासको बाटो आफैं तय गर्ने कुरामा चीनको सधैं साथ रहने बताएका छन् । साथै बेल्ट एण्ड रोडले दुई देशको सहकार्य अझ बलियो हुने विश्वास व्यक्त गरेको सीपीसीको विदेश विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4