+
+

विराटनगरमा ‘फर्स्ट फ्लाएर्स फिल्म अवार्ड’ हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १२:२७

१६ फागुन, काठमाडौं । विराटनगरमा ‘फर्स्ट फ्लाएर्स फिल्म अवार्ड-२०७९’को आयोजना हुने भएको छ । ओजस फिल्मस् एण्ड इन्टरटेनमेन्टले साइमन फिल्म्स, मुम्बईको डिजाइनमा पहिलोपटक यो अवार्डको आयोजना गर्न लागेको हो ।

आगामी वर्षको वैशाख २४ गते विराटनगरमा यो अवार्ड हुन लागेको काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

राजधानी बाहिर पनि नेपाली चलचित्रको विकास, विस्तार र उन्नतिको सोच राखेर यो अवार्डको आयोजना गर्न लागिएको संस्थाका प्रमुख तथा कार्यक्रम निर्देशक साइमन राजवंशीले बताए । विराटनगरजस्तो ठूलो शहरमा पनि नेपाली चलचित्रको बजार नभएको भन्दै अवार्डले यसलाई सहयोग गर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका अभिनेता सरोज खनालले काठमाडौंमा मात्र अवार्ड कार्यक्रम आयोजना भइरहेको समयमा मोफसलमा यस्तो कार्यक्रम हुनु खुसीको कुरा भएको बताए । निर्देशक तथा कलाकार दीपाश्री निरौलाले पनि विराटनगरमा अवार्ड आयोजना हुन लागेको सुन्दा आफू निक्कै खुसी भएको बताइन् ।

कार्यक्रममा चलचित्र निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले अवार्ड कार्यक्रमले गुणस्तरीय चलचित्र निर्माणमा दबाब दिनुका साथै अब्बल कलाकारिताका लागि कलाकारलाई समेत प्रोत्साहित गर्ने धारणा राखे ।

चलचित्र सम्बन्धी विभिन्न २१ विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । २०७६ देखि २०७८ चैत्रभित्र प्रदर्शन भएका चलचित्रहरु सहभागी हुने अवार्डको उत्कृष्ट पाँच मनोनयन केही समयपछि सार्वजनिक गरिने जानकारी दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?