१९ फागुन, काठमाडौं । रुसको शिक्षा मन्त्रालयले विद्यालयमा पढ्ने बालबालिकालाई युक्रेनमा युद्ध गर्नु पर्नाको कारण एवं आवश्यकबारे पढाउने घोषणा गरेको छ ।
मन्त्रालयले रुसभरका विद्यालयमा पढ्ने बालबालिकालाई ‘युक्रेनमा जारी मुक्ति अभियान किन आवश्यक छ भनेर’ भर्चुअल कक्षामार्फत् पढाउने घोषणा गरेको हो । मस्कोको स्थानीय समयानुसार बिहीबार १२ बजे भर्चुअल सिकाइ सुरु हुने बीबीसीले जनाएको छ ।
भर्चुअल सिकाइमा सहभागी हुने बालबालिकालाई ‘नेटोका कारण आफ्नो मुलुकसामु देखिएको खतरा’ र ‘जनवादी गणतन्त्र डोनेट्स्क तथा लुहान्सकका सर्वसाधारणको सुरक्षाको पक्षमा रुस उभिनुको कारण’ बारे समेत पढाइने छ ।
यसबाहेक, शिक्षा मन्त्रालयले आफ्नो फेसबुक पेजमा राखेको विज्ञप्तिमा बालबालिकालाई ‘हाल इन्टरनेटमा बाढी जस्तै बनिरहेको सूचना, तस्बिर एवं भिडियोको व्यापक प्रवाहबीच झूठबाट सत्यलाई कसरी छुट्याउने’ भनेरसमेत सिकाइने छ ।
प्रतिक्रिया 4