
२३ फागुन, काठमाडौं । बादी समुदायका पाँच महिलाको कथा समेटिएको अंग्रेजी भाषको पुस्तक ‘नो लंगर अनटेबल’ सार्वजनिक गरिएको छ ।
राष्ट्रिपति भवन शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस्तक विमोचन गरेकी हुन् । पुस्तकलाई अमेरिकी लेखक सारा डेभिल्स ट्रेसीले लेखेकी हुन् ।
पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अब छुवाछूत र मानव बेचबिखनलाई इतिहास बनाउन विश्व समुदाय एकजुट हुनुपर्ने बताइन् ।
लेखक ट्रेसीले पश्चिम नेपालका विभिन्न जिल्लाबाट भारतका बिभिन्न सहरमा बेचिएका र उद्धार भई पुनस्र्थापित भएका पाँच बादी समुदायका महिलाको कथा पुस्तकमा समेटिएको जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै पुस्तकमा समावेश गरिएकी एक पात्र देवीसरा हन्ना बादीले आफूले आँखै अगाडि देखेका र भोगेका दिनहरु पुस्तकका रुपमा आफ्ना आउँदा खुसी लागेको बताइन् ।
प्रतिक्रिया 4