+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

मधेशका तीन जिल्लामा ३ हजार ग्यास चुल्हो र सिलिण्डर वितरण गरिने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते १७:१०

२५ फागुन, काठमाडौं । सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई ग्यास चुल्हो, ग्यास सिलिण्डर लगायतका सामग्री उपलब्ध गराउन भारतीय दूतावास काठमाडौं र नेपाल–भारत महिला मैत्री समाजबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर हस्ताक्षर गरिएको समझदारी पत्र अनुसार भारत सरकारले मधेस प्रदेशका तीन जिल्लामा तीन हजार वटा एलपी ग्यास चुल्हो, ग्यास सिलिण्डर लगायतका सामग्री नेपाल–भारत महिला मैत्री समाजमार्फत उपलब्ध गराउने छ ।

यो योजनामा भारत सरकारको २ करोड ४ लाख ९० हजार रुपैयाँ अनुदान सहयोग रहने काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय सहकार्य रहेको भन्दै दूतावासले यस योजनाको कार्यान्वयनले जनताको जीवनस्तरलाई उकास्न नेपाल सरकारले गरेका प्रयासहरुमा भारत सरकारले गर्दै आएको निरन्तर सहयोगलाई प्रतिबिम्बित गर्ने दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दूतावासका अनुसार सन् २००३ यता भारतले नेपालमा स्वास्थ्य, शिक्षा, खानेपानी तथा सिंचाइ, विद्युतीकरण आदिका क्षेत्रमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको र जसमध्ये ४६७ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये सर्लाहीका १९, रौतहटका ५ र सप्तरीका ९ गरी मधेस प्रदेशमा ८१ वटा रहेका छन् ।
यसका अतिरिक्त भारत सरकारले यी तीन जिल्लामा हालसम्म ८७ वटा एम्बुलेन्स र तीनवटा स्कुल बस पनि उपहार स्वरुप प्रदान गरिसकेको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?